२८ माघ २०८१, सोमबार । February 10, 2025

समाचार

बारको चियापान




सर्वोच्च अदालत बार एशोसिएशन नेपालले दशैँ, तिहारलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

बार परिसरमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सर्वोच्च अदालतका न्यायाधीशहरु, कानून व्यवसायीको उपस्थिति रहेको थियो ।

सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले पर्वका अवसरमा बारले आपसी सद्भाव र शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने गरेको बताए । सर्वोच्च बारले चाडपर्वको आगमनको पूर्व सन्ध्यामा प्रत्येक वर्ष शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गरेको छ ।

प्रकाशित : ९ आश्विन २०७६, बिहिबार ००:००