![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/safe_image-1.png?resize=540%2C282)
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्किएका छन् । सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनी आज चीन फर्केका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गर्नुभएको थियो । कार्यक्रममा सहभागी हुन उहाँसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ सोमबार नेपाल आएका थिए ।
प्रतिक्रिया