३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

नेपाल प्रहरीका एआईजीहरुको सरुवा



काठमाडौं, ८ असोज । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान विभागका एआईजी ठूले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान ९प्रहरी एकेडेमी० महाराजगञ्जमा सरुवा गरेको छ ।

प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

उक्त विभागमा दरबन्दी भएका एआईजी धिरु बस्नेत आर्थिक घोटालामा मुछिएपछि सरकारले उनलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा पठाएको थियो ।

मंगलबारको सरुवामा एआईजी बस्नेतको दरबन्दी मानव स्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको छ ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार ००:००