३० माघ २०८१, बुधबार । February 12, 2025

समाचार

लायन्सक्लव पाँचथरको अध्यक्षमा थापा चयन



लायन्स क्लब अफ फिदिमको अध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । पाँचथर सदरमुकाम फिदिममा सोमबार भएको प्रथम सम्मेलनले थापाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा गणेश श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजन सुब्बा र तृतिय उपाध्यक्षमा हिमाल नेम्बाङ चयन भएका छन् । त्यस्तै गरी सचिवमा बेनुप्रसाद तिम्सिना, सहसचिवमा गम्भिरहाङ नेम्बाङ, कोषाध्यक्षमा उमेस बान्तवा राई र सह कोषध्यक्षमा प्रमोद खतिवडा चयन भएका हुन् ।

लाइन्स क्लब अफ अनारमनि झापाका अध्यक्ष शैलेन्द्र कुरुम्वाङको उपस्थितिमा समिति गठन भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै कुरुम्बाङले सामाजिक काम गर्ने उद्देश्य राखेको क्लब गठन गरिएको बताए । लागुऔषध दुव्र्यसनी, ट्राफिक सचेतना, कानुनी घुम्ती शिविर तथा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु क्लबले गर्दै आएको छ ।

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार ००:००