२७ माघ २०८१, आइतबार । February 9, 2025

मुख्य खबर

काङ्ग्रेसले जागरण अभियान बिट मार्दै



 नेपाली काङ्ग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हँुदैछ ।        समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा काङ्ग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध ¥यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ । 

 विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत, महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिएका छन् । यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने उनले बताएका छन् । 

समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्नुहुनेछ । जागरण अभियानको समापनका अवसरमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भेट्ने कार्यक्रम तय भएकाले त्यहाँ उपसभापति निधिलाई पठाइएको काङ्ग्रेसले जनाएको छ । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने पार्टीका महत्वपूर्ण बैठकमा व्यस्त रहनुभएको मुख्य सचिव पौडेलले बताए ।    

जागरण अभियानको यसअघिका १४ दिनमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो । जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरुप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा १०६ बिरुवा वृक्षरोपण गरिएको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सङ्गठन सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य राखेर अभियान सञ्चालन गरिएकोे हो । 

अभियानका लागि काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाएको थियो भने अभियानका औपचारिक कार्यक्रम छरितो तथा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका गरिएको थियो । अभियानका क्रममा मुलुकभर वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिएको थियो । 

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार ००:००