‘सुखी र समृद्धी राष्ट्रिय सोच,समाज विकास हाम्रो अठोट’ भन्ने मूल नाराका साथ काठमाण्डौंको भृकुडीमण्डपस्थित ती दिने ४० औं सामाजिक सेवा दिवस कार्यक्रम आज सुरु भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त तीन दिने दिवसको औपचारीक रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका उपराष्ट्रपति पुनले सरकारी कार्यक्रम एवं लक्ष्य पूरा गर्न गैह्रसरकारी क्षेत्रको योगदान अतुलनीय रहेको बताए । उनले गैह्रसरकारी कार्यक्रमहरु भत्तामुखी भएको गुनासोसमेत रहेकाले यसप्रति सम्बन्धित निकाय गम्भीर र सचेत भई जन सचेतनामुलक कार्यक्रम एवं समाज विकासको पक्षमा काम गर्नु निर्देशन दिएका छन् । गैह्रसरकारी संस्था सरकारको प्रतिस्पर्धी नभएर सहयोगी भएकाले सरकारी कार्यक्रम तथा लक्ष्यलाई पूरा गर्न हातमा हात काँधमा काँध मिलाएर अगाडी बढेमात्र गैह्रसरकारी क्षेत्रको भूमिका पूरा हुने बताएका छन् ।
४० औं सामाजिक सेवा दिवस मूल समारोह सतिति समाज कल्याण परिषदको आयोजना भइरहेको उक्त कार्यक्तमको सभाध्यक्ष महिला, बालबालिका तथा समाज कल्याण परिषदका मन्त्री थममाया थापाले गरेकी थिइन् । दिवसको अवसरमा आयोजित प्रभात फेरी कार्यक्रममा देशभर कार्यरत एनजिओ तथा आइएनजिओहरुको सहभागी रहेका थियो भने भृकुटी मण्डपस्थित एनजिओ तथा आइएनजिओले आफूले गरेका गविविधिसम्बन्धि स्टलसमेत प्रदर्शनीमा राखिएको छ । यो प्रदर्शनी तीनदिन सम्म सञ्चालन हुने समाज कल्याण मन्त्रालय अन्तर्गतको ज्येष्ठ नागरिक कोषका सदस्य सचिव जयप्रकाश केरुङले बताए ।
प्रतिक्रिया