![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/earthquke.jpg?resize=715%2C476)
काठमाडौँ, ४ असोज । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।
प्रतिक्रिया