![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/accident.jpg?resize=720%2C432)
मोरङ । सवारी चालक अनुमति पत्र विन मोटारसाइकल चलाउदा मोरङ कानेपोखरी गाउँपालिका-२ को १६ बर्षिय रणध्वज लिम्बूको मृत्यु भएको छ ।
मंगलबार राति १० बजे को ३ प ६९०२ नम्बरको मोटरसाइकलमा उक्षिणतिरबाट उत्तर आउने क्रममा आफै अनियन्त्रित भइ दुर्घट्नाहुँदा लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामप्रसाद ढकालले बताए ।
दुर्घट्नापछि लिम्बूलाई उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार ५ बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृतक लिम्बूसँग सवारी अनुमति पत्र नभएको र उक्त मोटारसाइकल सोही ठाउँको मनोज चौधरीको भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया