![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/05/Hand-cop-1024x686.jpg?resize=720%2C482)
काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उहाँलाई बुधबार नियन्त्रणमा लिएको हो ।
उहाँलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।
यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित नियन्त्रणमा लिएको छ । जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप उहाँमाथि लागेको छ । आरोपी जोशीलाई बुधबार पक्राउ गरिएको भए पनि आयोगले आज सार्वजनिक गरेको हो ।
प्रतिक्रिया