२४ माघ २०८१, बिहिबार । February 7, 2025

ग्लोबल

‘अमेरिका र तालिवानबीच पुनः वार्ता हुनेमा रूस आशावादी’


२९ भाद्र २०७६, आइतबार ००:००

0
Shares


मस्को, २८ भदौ । फगानी तालिवान समूहसँग भएका वार्ता प्रयासलाई अमेरिका र अफगानिस्तान दुवैले थप पहल गर्नुपर्ने रूसले शनिबार जनाएको छ ।

शनिबार रूसी विदेश मन्त्रालयको प्रेस विभागबाट प्राप्त जानकारीअनुसार अफगानिस्तान मामिला रूसी राष्ट्रपतिका विशेष प्रतिनिधि एवम् रूसी विदेश मन्त्रालय दोस्रो एशिया विभागका प्रमुख चामिर काशुलोभले शुक्रबार मस्कोमा अफगानिस्तानी तालिवान प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेको र भेटमा उनलेले अमेरिकाको पहलमा अफगानी विद्रोहीसँग पुनः वार्ता हुने विश्वास व्यक्त गरे ।

अमेरिका र तालिवानले पुनः वार्ता गर्नु आवश्यक रहेको विचार रूसले गरेको र तालिवानले अमेरिकासँग निरन्तर वार्ता गर्ने तयारी पनि गरेको पनि उक्त अवसरमा अफगानी अधिकारीले बताएका थिए । वार्तामा दुई पक्षबीच अफगानिस्तानको शान्ति प्रक्रियाको पछिल्लो प्रगतिबारे छलफल भएको थियो ।

सन् २०१८ अक्टोबरदेखि अमेरिकी सरकारले तालिवानसँग दोहामा शान्ति वार्ता गर्न थालेको हो । उक्त वार्ता नौ चरणसम्म भइसकेको छ । सेप्टेम्बर १ मा सम्पन्न भएको नयाँ वार्तामा दुई पक्ष सम्झौताको मस्यौदा नजीक पुगेका थिए ।

तर अघिल्लो साता अफगानिस्तानमा भएको आक्रमणमा अमेरिकी कर्मचारीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर ९ तारिखमा ह्वाइट हाउसमा सञ्चार माध्यमहरूलाई दुई पक्षबीचको शान्ति वार्ता भंग भएको बताएका थिए ।
एजेन्सीको सहयोगमा

प्रकाशित : २९ भाद्र २०७६, आइतबार ००:००