![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/%E0%A4%9C%E0%A4%BE%E0%A4%9C%E0%A4%B0%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B0%E0%A5%8B.jpg?resize=670%2C335)
जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।
आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उनले बताए । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।
प्रतिक्रिया