नेपाल साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ५–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप तीन गोल गरेको हो ।राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको हो ।नेपालले चार खेलबाट ९ अंक बनाएको छ । भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।
प्रतिक्रिया