![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/buddha-thami-1024x625.jpg?resize=683%2C417)
काठमाडौं, ८ भदौ । दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचारत पूर्व जनमुक्ति सेना बुद्ध थामीको परिवारले उनको उपचारमा सहयोगको लागि आग्रह गरेको छ ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ५ का ३६ वर्षीय थामीको सहयोग जुटाउन शनिबार पूर्वजनमुक्ति सेना बुद्ध थामी बचाउ अभियानले रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित परिवारले उपचारमा सहयोगको लागि यस्तो आग्रह गरेको हो । ०५५ सालदेखि जनयुद्धमा होमिएका थामी परिवर्तनको योद्धा रहेको परिवारको भनाई छ । परिवारका अनुसार बुद्ध थामीलाई आज बज्रपात परेको छ । यसका लागि सबै न्यायप्रेमी र सहयोगी मनहरु एकजुट हुन आवश्यक रहेको परिवारले बताएको छ ।
कार्यक्रममा पीडित थामीले आफूलाई बचाउनको लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने,‘म बाँच्न चाहन्छु, बाँचेर अझै पनि देशको सेवा गर्न चाहन्छु ।’ थामी बिरामी भएपछि कतिखेर मर्ला भन्ने भएर घरबेटीहरुले पनि कोठा दिन नमानिरहेको परिवारको गुनासो छ ।
थामीलाई सहयोग गर्न चाहनुहुनेहरुले उनको ९८४४४६५३२२ को मोबाइल नं.मा सम्पर्क गर्न र एनआइसी एसिया बैंकको खाता नम्बर NIC ASIA BANK 6557040986652401 मा सक्दो आर्थिक सहयोग गर्न परिवारले अपिल गरेको छ ।
प्रतिक्रिया