चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेकप्वाइटबाट अटोमेटिक दुई थान पेस्तोल र २० राउण्ड गोलीसहित एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर कोन्ज्योमसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षिय मुनाल भन्ने सुलभ लामालाई शनिबार विहान प्रहरीले पक्राउ गरेको छ । साथमा
उक्त स्थानमा खटिएको प्रहरीेले धादिङ बाट काठमाण्डौं आउँदै गरेको बा.२ं.ख.१९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा उक्त पेस्तोल तथा गोलाी लुकाई छिपाई राखेको अवश्थामा फेला परेको हो । साथै लामाको साथबाट उष लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान,मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरुसमेत प्रहरीेले बरामद गरेको छ । पक्राउ परेका लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको महानगरीय प्रहरी वृत थानकोटल जनाएको छ ।
२ भाद्र २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया