काठमाडौं, २ भदौ । आजदेखि दुई दिनसम्म नेपालमा हुने ‘माक्र्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसँगै चीन, भारत, अमेरिका, युरोप लगायतका १२ वटा राष्ट सहभागी हुने र सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा ‘माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिले सो जानकारी दिएको हो ।
सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागवेको हो । एसियाली दर्शनको महत्व र खोजी भैरहेको परिपे्रक्षमा सो दर्शन र माक्र्सवादी दर्शनको तादात्म्यताका विषयमा वृहत सम्मेलन हुने र त्यसले राम्रो सम्भावनाको ढोका खोल्ने माक्र्सीय गुरुकुल प्रमुख सोनाम साथीले बताए ।
त्यस्तै, सो सम्मेलन समितिका संयोजक प्रा.डा.काशीनाथ न्यौपानेले एसियाली÷पूर्वीय दर्शन तथा विभिन्न देश विशेषमा विकसित तथा स्थापित पहिचानलाई आमरुपले प्रयोगमा ल्याउन नसक्दा मानव समाज पछाडि परेको धारणा राखे ।
त्यसैगरी, नेपाल खुल्ला विश्वविद्यालयका प्रा.डा.खगेन्द्र पसार्इँले मानिसहरुले माक्र्सवादी या पूर्वीय कुनै पनि दर्शनको विषयमा गहन अध्ययन नगरी हचुवाका भरमा गंभीर धारणा बनाउने समस्या व्याप्त रहेको बताए ।
डा.प्रेमराज न्यौपानेले पूर्वीय तथा माक्र्सवादी दर्शनको तादाम्यतालाई गहन खोजगरी निचोड निकाल्ने यो सम्मलेन एक महत्वपूर्ण मध्यम हुने आशा व्यक्त गरे ।
उद््घाटन शत्र सम्पन्न हुने वित्तिक्कै समानन्तररुपमा गोष्ठीहरु शुरु हुनेछन् । यसले पूर्वीय र माक्र्सीय दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्नेछ ।
नेपाल संस्कृतिक विश्वविद्यालय, माक्र्सीय गुरुकुल, नेपाल खुल्ला विश्वविद्यालय र एशियन नेचुरल फिलोसोफी तथा विभिन्न देशबाट प्रतिनिधि विज्ञहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । यो सम्मेलनमा विद्धानहरुले दुई दर्जनभन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलन प्रज्ञाप्रतिष्ठानमा हुने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया