![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/07/gun-1-1024x522.gif?resize=720%2C367)
काठमाडौँ, ३२ साउन । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् । ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नंको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो । लामाको साथबाट बाइनाकुलर र पाँच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।
प्रतिक्रिया