२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

खेलकुद

नेपाललाई हराउँदै भारत पाँचौ पटक साफ च्याम्पियन



विराटनगर । महिला दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको उपाधि भारतले जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो ।

विराटनगरको सहिद रंगशालामा भारतको जितमा डालिमा छिपर, ग्रेस डाङ्मयी र अन्जु तामाङले गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

खेलको २६ औ मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । उनले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउन सकिनन् ।

लगत्तै नेपाल सावित्रा भण्डारीको गोलमार्फत खेलमा फर्किएको थियो । खेलको ३३ औ मिनेटमा सावित्राले हेडमार्फत गोल गरेकी थिईन् । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लय बिगा¥यो ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अन्जु तामाङले ७८ औ मिनेटमा गोल गर्दै नेपालको उपाधि सम्भावना यसपटक समेत टारिन् ।

नेपालले चौथो पटक समेत फाईनलमा भारतको दबाब तोड्न सकेन ।

प्रकाशित : ८ चैत्र २०७५, शुक्रबार ००:००