२८ माघ २०८१, सोमबार । February 10, 2025

मुख्य खबर

सक्रान्तिबजारमा एम्बुलेन्स सेवा सुरु



तेह्रथुम, १५ भदौ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा शुरु गरेको छ ।

दुर्गम यस क्षेत्रका बासिन्दालाई लक्षित गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाबाट अनुदानमा एम्बुलेन्स प्राप्त भएपछि सेवा सुचारु गरिएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीपेश सिटौलाले बताउनुभयो ।

एम्बुलेन्स सेवा शुरु भएपछि यस क्षेत्रका बासिन्दाले समयमै सुविधायुक्त स्वास्थ्य सेवा र अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सञ्चालित एम्बुलेन्सले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दाले समेत लाभ पाउनेछन् ।

एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता बेहोर्दै आएका थिए ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००