२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

गुम्बा तथा विहार पुनःनिर्माणको माग



काठमाडौँ, १४ भदौ । भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिले विसं २०७२ मा गएको भूकम्पबाट भत्किएका गुम्बा तथा विहार चाँडो पुनःनिर्माण गर्न माग गरेको छ ।

यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सानुबाबु लामाले भूकम्पबाट विभिन्न २५ जिल्लामा ९९३ वटा गुम्बा क्षतिग्रस्त भएको जानकारी दिँदै त्यसको छिट्टै पुनःनिर्माण गर्न माग गर्नुभयो ।

विगतमा सरकारले गरेको अन्तरराष्ट्रिय सम्मेलनबाट गुम्बा तथा विहार पुनःनिर्माणका लागि करिब रु ९०० करोड बजेट प्राप्त हुने प्रतिबद्धता भएको भएपनि काम हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित : १४ भाद्र २०७४, बुधबार ००:००