२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल



पोखरा, १३ भदौ । पोखराको प्रदर्शनी केन्द्रमा आगामी असोज २ देखि ११ गतेसम्म छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आयोजना गरिने भएको छ ।

बडादशैँलाई मध्यनजर गरी पोखरा–लेखनाथ नगर होटल रेष्टुराँ तथा बार एशोसिएशन (सिटी रेवान) ले आयोजना गर्न लागेको सो महोत्सव तथा फुड फेष्टिबलमा विशेष गरी उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु, खसी, बोका र च्यांग्राको बिक्री वितरण गरिनेछ ।

त्यस्तै, राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्ने प्रतियोगिता पनि गरिने संस्थाका महासचिव जीवन दाहालले बताउनुभयो ।

महोत्सवमा १२५ वटा स्टल राखिनेछन् । महोत्सवमा रु आठ करोडदेखि १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट रु ४८ लाख ४० हजार आम्दानी र ४१ लाख ९५ खर्च भई बाँकी रहेको नाफाबाट पर्यटन प्रवद्र्धन, दैविप्रकोप र असहाय बालबालिकाका लागि पाँच÷पाँच प्रतिशत खर्च गरिने वरिष्ठ उपाध्यक्ष दीपक तिमिल्सिनाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैबीच, सिटी रेवानले कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभान हुम्दी गाउँका बाढीपीडितलाई रु ५१ हजार १११ राहतसमेत वितरण गरेको छ ।

प्रकाशित : १३ भाद्र २०७४, मंगलबार ००:००