दाङ, १२ भदौ । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले बाढीका कारण नेपालका विभिन्न स्थानमा अर्बौंको क्षति भएको भन्दै यसको पुनःनिमाणका लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कारमा उहाँले बाढीले विभिन्न स्थानमा खानेपानी, सिँचाइका योजना बगाउनुको साथै खेतीयोग्य जमिन कटान गरेको बताउनुभयो ।
राज्यमन्त्री पुनले सरकारले पहिलो चरणमा बाढीपीडितका लागि करिब रु ३८ करोड खर्च गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै स्थानको यकिन विवरण आएको छैन विवरण आउनेबित्तिकै बाढीपीडित र बाढीको क्षतिको पुनःनिर्माणमा सरकार लाग्नेछ ।”
उहाँले अर्को एक प्रसंगमा वर्तमान सरकारको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । सरकारका सामु निर्वाचन, संविधान कार्यान्वयनका साथै बाढीबाट भएको क्षतिको पुनःनिर्माण गर्नु रहेको बताउनुभयो ।
प्रतिक्रिया