२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

चित्रकार राईलाई रु ५० हजार सहयोग



काठमाडौँ, १२ भदौ । पेटमा क्यान्सर देखिएपछि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा उपचाररत चित्रकार शान्तकुमार राईलाई आधुनिक कलाकार समाज(सोमा)ले आज रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

सोमाका अध्यक्ष शङ्करराजसिंह सुवालको नेतृत्वमा जीवन राजोपाध्याय, हरि खड्कासहितको टोलीले सोमाका महासचिव राईलाई सो सहयोग गरेको हो । उहाँ भारत नयाँ दिल्लीमा प्रारम्भिक उपचार गराई शनिबार स्वदेश फर्कनुभएको हो । भारत जानुअघि उहाँ पेटसम्बन्धी रोगको उपचार गराउन अल्का अस्पताल जाउलाखेलमा भर्ना हुनुभएको थियो ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ००:००