काठमाडौँ, १० भदौ । मुलुकी फौज्दारी विधेयकका सम्बन्धमा पत्रकारसँगको दुईदिने अन्तरक्रिया शुक्रबारदेखि शुरु भएको छ ।
व्यवस्थापिका–संसद्, विधायन समितिको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा शुरु भएको कार्यक्रममा सांसद राधेश्याम अधिकारीले मुलुकी अपराधसंहिता, २०७३ माथि कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसमाथि पत्रकार राजेन्द्र फुयाँलले टिप्पणी गर्नुभएको थियो ।
आज सांसद रेवतीरमण भण्डारीले ‘मुलुकी फौज्दारी मुद्दाको कार्यविधिसंहिता, २०७३’ विषयको कार्यपत्र प्रस्तुत गर्ने र सोमाथि पत्रकार लीलाधर उपाध्यायले टिप्पणी गर्नुहुनेछ ।
त्यसैगरी सांसद रामनारायण बिँडारीले ‘फौज्दारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७३’ का विषयमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि पत्रकार बबिन शर्माले टिप्पणी गर्नुहुनेछ ।
प्रतिक्रिया