३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

प्रम देउवा हैदरावाद जाँदै



नयाँदिल्ली, ९ भदौ । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनुहुनेछ ।

प्रधानमन्त्री देउवासँग आजै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार ००:००