३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु



इलाम, ९ भदौ । इलामको चुलाचुली गाँउपालिका–२, मोरङ्गे झोडामा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट ६३ वर्षीय धनबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । श्रेष्ठलाई आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा राति आएको हात्तीले सुँडले बोकेर घरबाट अन्दाजी दुईसय मिटर पर लगेर लछार–पछार गरेर मारेको हो ।

घटनास्थलमा पोल्टीमारीका र स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको प्रहरीले जनाएको छ । उनको शवपरीक्षणका लागि मोरङको उर्लाबारी लगिएको छ ।

प्रकाशित : ९ भाद्र २०७४, शुक्रबार ००:००