काठमाडौँ, ८ भदौ । हथौडा प्रहार गरी आप्mनै सहोदर भाइको हत्या गर्ने काठमाडौँ महानगरपालिका झोसेका ५१ वर्षीय राजु मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
मानन्धरले बुधबार आफ्नै घरमा सुतिरहेका ४७ वर्षीय भाइ गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।
भाइको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी वृत्त जनसेवामा आई आत्म समर्पण गरेका थिए ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९९ दशमलव पाँच ग्राम सुनको बाला दुई थानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट चन्द्रनिगापुर–५ घर भएका काठमाडौँ असन बस्ने सुगन श्रेष्ठ रहेका छन् । कार पार्किङ क्षेत्रबाट प्रहरीले उनलाई बुधबार चार लाख ७२ हजार ५०० मूल्य बराबरको सो सुनसहित पक्राउ गरेको हो ।
बाहिरी मुलुकबाट आगमन भएका यात्रुसँग सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।
बरामद सुनसहित श्रेष्ठलाई आवश्यक कानूनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको छ ।
प्रतिक्रिया