नयाँदिल्ली, ८ भदौ । भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता शुरु भएको छ ।
उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नुहुनेछ ।
प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया