१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

झाडापखालाका कारण एकको मृत्यु



कपिलवस्तु, ४ भदौ । महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।

प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका आठवर्षीय छोरा तारेखको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताउनुभयो ।

गाउंँमा दूषित पानीको माछा खाएको, दूषित पानी पिएको र अन्य सरसफाइको कमी भएका कारण झाडापखालाको प्रकोप देखिएको बताइएको छ ।

प्रभावितमध्ये सामान्य अवस्थामा रहेकाहरुलाई गाउँमै स्वास्थ्यकर्मीको टोली पठाइएको र अलि जटिल देखिएकाहरुको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो दुई दिनयता झाडापखालाको संक्रमणका कारण बान्ता हुन थालेको र सोही समस्याले समस्या बढेको शिवराज अस्पतालका कावा मेडिकल सुपरिटेण्डेण्ट डा राहुल झाले बताउनुभयो । जिल्लाका अन्य बाढी प्रभावित क्षेत्र र सरसफाइको कमी रहेका गाउँबस्तीमा प्रकोप फैलन सक्ने भएकाले पूर्वतयार रहन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आइतबार ००:००