१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

महासंघको नयाँ नेतृत्वकालागि निर्वाचन प्रक्रिया शुरु



काठमाडाँै, ३ भदौ । नेपाल पत्रकार महासंघको २५ आँै राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।

निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका शुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउँसो १२ देखि ३ बजेसम्म हुने भएको छ ।

शनिबार १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउँसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो ।

समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ बजेर ४५ मिनेटमा गरेको छ ।

नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको समितिका संयोजक खनालले जानकारी दिनुभयो । मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ ।

महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

करिब एक हजार ५१५ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००