१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

कर्मचारीद्वारा बाढीपीडितलाई रु डेढ लाख राहत संकलन



भीमदत्तनगर, ३ भदौ । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ ।

निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी, कर्मचारी, उद्योगीलगायत आम सर्वसाधारणबाट बाढीपीडितका लागि कर्मचारी युनियनले राहत संकलन गर्न थालेको जानकारी दिनुभयो ।
उहाँले हालसम्म रु डेढ लाख संकलन भइसकेको जानकारी दिँदै संकलित राहत रकम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००