१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन



पथरी (मोरङ), ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।
धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ ।

प्रकाशित : ३ भाद्र २०७४, शनिबार ००:००