बनेपा, २८ साउन । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा कृषकले लगाएको बालीमा क्षति हुन नदिन स्थानीय तहले नै बजेट विनियोजन गरेको छ ।
किसानले लगाएको मकैबालीमा वर्षाँैदेखि जंगली जनावर बाँदर, दुम्सी, भालु, बँदेलले क्षति पु¥याएपछि बेथानचोक गाउँपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले जानकारी दिनुभयो ।
यो बजेटले के गर्ने कुनै निर्णय भएको छैन तर छलफल चलिरहेको छ उहाँले भन्नुभयो । सो गाउँपालिकाको १, ३, ४ र ६ नम्बर वडामा जंगली जनावरका कारणले विभिन्न बालीनालीमा कृषकले ठूलो आर्थिक नोक्सानी व्यहोर्दै आएका छन् ।
गाउँपालिकाको विभिन्न वडामा रहेका करिव २०० रोपनी क्षेत्रफलको मकैबालीमा बाँदर र भालुले क्षति पु¥याएको छ । बालीमा मात्रै होइन घरमा भएको खानेकुरा पनि बाँदरले घरभित्र छिरेर क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले कृषकले क्षतिपूर्तिका लागि जिल्ला वन कार्यालयमा समेत माग गरेको बताउनुभयो ।
जिल्ला वन कार्यालय, धुलिखेलका वन अधिकृत प्रेम खनालले भालुले बालीनालीमा पु¥याएको क्षतिबारे क्षतिपूर्तिको प्रावधान नरहेको तर गैँडा र हात्तीले पु¥याएको क्षतिवारे क्षतिपूर्ति दिन सकिने बताउनुभयो ।
जिल्लामा बेथानचोक गाउँपालिका बाहेक अन्य नगरपालिका तथा गाउँपालिकामा पनि बाँदर, बँदेल लगायतकाले विभिन्न बालीमा क्षति पु¥याउँदै आएको छ ।
प्रतिक्रिया