१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

विपन्न र असहाय ज्येष्ठ नागरिकको लागि आश्रम निर्माण गरिने



पोखरा, २८ साउन । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले समाजका विपन्न र असहाय ज्येष्ठ नागरिकको संरक्षणका लागि सरकारले प्रदेशस्तरीय आश्रम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमको आज स्थलगत निरीक्षणपछि उहाँले हरेक नागरिकले राज्यबाट प्रदान गरिएको सेवा, सुविधा र संरक्षण प्राप्त गर्नुपर्ने धारणा राख्नु भयो ।

“मुलुकका सातवटै प्रदेशको केन्द्रमा एक÷एकवटा ज्येष्ठ नागरिक आश्रम निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै” उहाँले भन्नुभयो “पोखरा वृद्धाश्रमको भौतिक निर्माणमा मन्त्रालयको तर्पmबाट सक्दो सहयोग रहनेछ ।”

वृद्धाश्रमको भौतिक संरचना निर्माणका लागि मन्त्रालयबाट विभिन्न चरणमा रु ८९ लाख आर्थिक सहयोग भएको महिला विकास शाखा कास्कीका प्रमुख लक्ष्मी जिसीले जानकारी दिनुभयो ।

२०५२ सालमा स्थापना गरी चारजना वृद्धवृद्धाबाट सञ्चालनमा आएको वृद्धाश्रममा हाल विभिन्न १६ जिल्लाका ५४ जना ज्येष्ठ नागरिक र १० जना सेवकसेविका रहेको आश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले जनाकारी दिनुभयो ।

नेपाल सरकार, विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा लगभग रु तीन करोडको लगानीमा तीन तल्ले २० कोठे सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आएकोछ ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००