१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

रिभानका बाढीपीडितलाई राहत



पोखरा, २८ साउन । माछापुच्छ«े गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा मंगलबार राति पहिरोसहित बढेर आएको खहरे खोलाले घरवारविहीन बनाएका र उच्च जोखिममा परेका १६ घरपरिवारलाई अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले शुक्रबार रु दुई लाख ४० हजार राहत वितरण गरेको छ ।

पहिराका कारण आफन्त तथा छिमेकीका घरमा शरण लिएर बसेका पीडित परिवारलाई आयोजनाले घटनास्थलमा पुगेर प्रतिघर परिवारलाई रु १५ हजारका दरले राहत वितरण गरेको हो । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र एक्याप इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख यमबहादुर गुरुङले बाढीपीडितलाई राहत रकम हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले पहिरोपीडित १६ परिवारलाई खाद्यान्न, ११ विद्यार्थीलाई जनही रु तीन हजार, शैक्षिक सामाग्री र कपडा गरी रु एक लाख ६० हजार मूल्य बराबरको राहत वितरण गरेको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००