इलाम, २६ साउन । आर्थिक वर्ष २०७३÷७४ मा दुईवटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।
सिँचाइ विकास डिभिजन कार्यालयले चमैता र देउमाई नगरपालिकाको क्याबुङमा ती आयोजना निर्माण गरेको हो । चमैतास्थित देउमाई सिँचाइ आयोजना र देउमाई नगरपालिकास्थित साब्जुङ–क्याबुङ सिँचाइ आयोजना निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । रु दुई करोड ५० लाखको लागतमा निर्मित देउमाई सिँचाइ आयोजनाबाट यहाँको एक सय पाँच हेक्टर जमिन सिञ्चित भएको छ ।
देउमाई नगरपालिकास्थित साब्जुङ क्याबुङ सिँचाइ आयोजना रु चार करोडको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख बद्री कार्कीले जानकारी दिनुभयो । क्याबुङ सिँचाइ आयोजनाबाट क्याबुङको १३५ हेक्टर जमिन सिञ्चित भएको छ । सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका किसानले यस वर्ष समयमै खेती गर्न पाएका छन् ।
“सिँचाइ सुविधा नहुँदा सधैँ आकाशे पानीको भर पर्नुपथ्र्याे,” स्थानीयवासी माधव बस्नेतले भन्नुभयो ।
प्रतिक्रिया