३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

कराते खेलाडीको बिदाइ



काठमाडौँ, २३ साउन । बंगलादेशको ढाकामा आयोजना हुने मैत्रीपूर्ण कराते प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्लेआज बिदाइ गरेको छ ।

बंगलादेश कराते महासंघले आयोजना गर्ने ‘पहिलो राष्ट्रिय गेन्सेर्याे कराते प्राविधिक रेफ्री सेमिनार २०१७’ का अवसरमा मैत्रीपूर्ण खेलमा सहभागी हुने कराते खेलाडीसहितको पदाधिकारीलाई राखेपका सदस्य लवभक्त श्रेष्ठले बिदाइ गर्नुभयो । यही साउन २५ देखि २९ गतेसम्म चल्ने प्रतियागितामा नेपाली खेलाडीले साउन २६ गते बंगलादेशी खेलाडीसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।

प्रतियोगितामा सहभागी हुन दानबहादुर घिसिङको नेतृत्वमा चन्द्र बुढा मगर, निर्मलबहादुर थापा, योगेन्द्र थापा, मार्सल गबुर्जा, प्रज्वल शेरचन, गौरव घर्ती मगर र रुपबहादुर केसी जानुभएको छ ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००