काठमाडौँ, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटको गरुडा नगरपालिका क्षेत्रमा सडक निर्माणका क्रममा बनेको खाडलमा परी चार बालिकाको निधन भएकोमा शोकसन्तप्त परिवारमा परेको चोटप्रति भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ ।
साथै भोजपुर जिल्लामा तीन जना बालबालिका पानीमा डुबेर मृत्यु भएको र अबोध बालकको अपहरणजस्ता घटना भएकासन्दर्भमा बालबालिकाको यथोचित सुरक्षाको प्रत्याभूति गर्न सरकार र सबै सरोकारवाला निकायले गम्भीर हुनुपर्ने धारणा राष्ट्रपतिबाट व्यक्त भएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया