३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेट



काठमाडौँ, २३ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले भूकम्पका समयमा नेपाललाई गरेको सहयोगका लागि संयुक्त राज्य अमेरिका र त्यहाँका जनतालाई धन्यवाद दिनुभएको छ ।

स्वास्थ्यमन्त्री पोखरेल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत मिचेल गोन्जालेससँग आज स्वास्थ्य मन्त्रालयमा भएको भेटका क्रममा उहाँले नेपालको मलेरिया उन्मूलनमा अमेरिकी सहयोग नियोगको सहकार्य महत्वपूर्ण भएको बताउनुभयो ।

अहिले मुलुक संघीय संरचनामा गएको र धेरै अधिकार स्थानीय निकायसंग रहेकाले संघीय संरचनाको सुदृढिकरणमा अमेरिकाले थप सहयोग र सहकार्य गर्नेमा आफू विश्वस्त रहेको स्वास्थ्यमन्त्री पोखरेले भन्नुभयो ।

भेटमा कार्यवाहक राजदूत गोन्जालेसले नेपालको स्वास्थ्य क्षेत्रको विकास तथा विस्तारमा अमेरिकाले गर्दै आएको सहयोग भविष्यमा वृद्धि गर्ने विश्वास दिलाउनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित : २३ श्रावण २०७४, सोमबार ००:००