काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको बताइएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको सडक डिभिजनले जनाएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न समेत सुझाएको छ ।
प्रतिक्रिया