काठमाडौंँ । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएका छन् ।
यस वर्षको वसन्तकालीन याममा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आगामी चैत २ नेपाल विशेष विमानबाट आउँदै गरेको बहराइन, मनामास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
उनका अनुसार राजकुमारसहितको आरोही टोली नेपाल आएर सात दिनको होटेल क्वारेन्टिनपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौँ फर्केर सगरमाथाको आधार शिविर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अहिले शेर्पाको कम्पनीमार्फत वसन्तकालीन यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेका छन् ।
प्रतिक्रिया