१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

पछिल्लो समय थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौंँ ।  नेपालमा थप पछिल्लो १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन्।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००