२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

काठमाडौं उपत्यका प्रवेश निषेध, नागढुंगा नाकाबाट पैदल भित्रिनेलाई रोकिने



काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका पास भएका व्यक्तिलाई पनि उपत्यका प्रवेशमा रोक लगाउन पहल थालेका छन् । एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक सेवाबाहेकका पास बहाकलाई पनि काठमाडौं उपत्यका प्रवेश निषेध गर्नेगरी अनुगमनसमेत थालिएको स्थानीय निकायले जनाएका छन् ।

काठमाडौं उपत्यका मेयर फोरमले हिजो गरेको तयारीलाई आजैदेखि कार्यान्वयन गर्नेगरी सबै स्थानीय तहले छलफल थालेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा काठमाडौंको चन्द्रागिरी नगरपालिकाले अनुगमन गर्ने भएको छ । नगरपालिका प्रमुख घनश्याम गिरीले अत्यावश्यक काम भनेर जिप्रकाबाट पास लिएर उपत्यका आउने क्रम बढेपछि नाकामै कडाइ गर्ने गरी तयारी थालेको बताएका छन् ।

नाकासम्म गाडीमा आउने र त्यहाँबाट पैदल हिँडेर काठमाडौं भित्रिने समस्या देखिएकाले त्यसको नियन्त्रणका लागि पनि छलफल गरिरहेको गिरीले नागरिकखबरलाई बताए । काठमाडौंमा बढ्दो कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

उपत्यकामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हिजो मेयर फोरमले विभिन्न ११ बुँदे निर्णय गरेको थियो ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार ००:००