काठमाडौं २२, असार । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
खेलको तेस्रो मिनेटमा भिल्लारेका टोरेशले आत्मघाती गोल गर्दै बार्सलाई अग्रता दिलाए। तर, खेलको १४ औं मिनेटमा भिल्लारियलका मोरोनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए।
२० औं मिनेटमा लुइस सुआरेज, पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यान र खेल सकिन चार मिनेट बाँकी रहँदा अन्सु फाटीले गोल गर्दै ४–१ गोलले खेल जिताए।
गएरातिको खेलमा जीत हासिल गरेसँगै बार्साले रियल म्याड्रिडसँगको अंक दूरी चारमा झारेको छ।
अब बार्साको ३४ खेलबाट ७३ अंक र रियलको ७७ अंक छ।
प्रतिक्रिया