काठमाडौं ८, असार।कोरोना भाइरसको महामारीपछि सामाजिक दूरी कायम गर्ने गरी ‘जुम’ एप्लीकेसनबाट ‘भर्चुअल मिटिङ’ बस्न थालिएको छ।
सोमबार (आज) पर्यटन बोर्डले पनि पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न भर्चुअल बैठक आयोजना ग¥यो। तर, उक्त बैठकमा अचम्मको घटना घट्यो।
जुन बैठकमा पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको संक्रमणपछि सरकारले गरेको बन्दाबन्दीले नेपालमा पर्यटन व्यवसायी समस्यामा परेको र त्यस क्षेत्रमा आबद्ध मजुदरहरूले रोजगारी गुमाएको बताउँदै गर्दा अचानक ‘पोर्न’ भिडियो बज्यो।
‘ह्यारिस’ नामको आइडीबाट त्यस्तो भएको बताइएको छ। ह्याकरले अनाधिकृत रूपमा छिरेर त्यस्तो भिडियो ‘प्ले’ गरिदिएर बद्नाम गरेको ठानिएको छ।
अरू देशमा भएको कतिपय यस्ता ‘भर्चुअल मिटिङ’ मा ह्याकरले पटक–पटक पोर्न भिडियो बजाइ दिने गरेको विवरण आउने गरेका छन्। यस्तो घटना नेपालमा भने पहिलोपटक भएको हो।
जुम एप बैठकको गोपनीयताबारे पछिल्लो समय बहस पनि हुन थालको छ। असुरक्षित र असंवेदनशील रहेको बताउने गरिएको छ।
प्रतिक्रिया