२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

अर्थ

सुनको भाउ हालसम्मकै महङ्गो, तोलामै पुग्यो ९१ हजार



फाइल तस्बिर

काठमाडौं ८, असार। सुनको भाउ निरन्तर उकालो लागेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन तोलामा ९१ हजार रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार यो भाउ हालसम्मकै धेरै हो। तेजावी सुन पनि प्रतितोला ९० हजार पाँच सय रूपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार (हिजो) छापावाल सुन प्रतितोला ९० हजार ६ सय रूपैयाँ र तेजावी सुन प्रतितोला ९० हजार तीन सय रूपैयाँमा बिक्री वितरण भएको थियो।

चाँदीको भाउ पनि आइतबार भन्दा बढेको छ। महासंघले तोलामा १० रूपैयाँ भाउ बढेर प्रतितोला ९५० रूपैयाँ पुगेको जनाएको छ।

तर, लकडाउनका कारण सुन पसल भने त्यती खोलिएका छैनन्।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००