१६ बैशाख २०८२, मंगलबार । April 30, 2025

खेलकुद

इन्टर मिलानको साम्डोरियामाथि २–१ को जीत



काठमाडौं ८, असार। इटालिन सिरिए ए मा इन्टर मिलानले साम्डोरियालाई पराजित गरेको छ। रोमेलु लुकाकु र लाउटारो मार्टिनेजको गोलमा इन्टरले जीत निकालेको हो।

लुकाकुको यो सिजनको १८ औं गोल हो। उनले गोल गर्दा म्यान्चेस्टर युनाइटेडका पूर्वस्ट्राइकरले विश्वमा विभिन्न देशमा अश्वेतहरूको पक्षमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।

साम्डोरियाका लागि भने खेलको दोस्रो हाफमा मोर्टेन थ्रोस्बीले एक गोल फर्काएका थिए। जितसँगै इन्टर ५७ अंकसहित तेश्रो स्थानमा रहेको छ।

गएराति नै भएको खेलहरूमा जेनाआलाई लाजियोले ३–२ गोलले र रोमाले लिसमाथि ४–० गोल अन्तरको जीत निकालेको थियो।

प्रकाशित : ८ असार २०७७, सोमबार ००:००