२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

Uncategorized

नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ



काठमाडौं ७, असार। भक्तपुरमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नम्बर–१, दुवाकोट बेंसी बस्ने ३५ वर्षीय जब्बर खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

उनी रूकुमको भूमे गाउँपालिका वडा नम्बर– १ का हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट नेपाल इञ्जिनियरिङ कलेजको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित : ७ असार २०७७, आइतबार ००:००