१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

विदेशी महिला र पुरूषलाई ७ वर्षपछि मात्रै नागरिकता : रवीन्द्र मिश्र



काठमाडौं ६, असार। साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले नेपाली पुरूषसँग बिहे गरेर आएका विदेशी महिला वा नेपाली महिलासँग विहे गरेर आएका विदेशी पुरूषलाई दिइने नागरिकता सम्बन्धी प्रावधान एउटै हुनु पर्ने बताएका छन्।

पार्टीले एक वर्षअघिदेखि नै पुरूष र महिला दुबैका हकमा ७/७ वर्षको समान व्यवस्थाको वकालत गर्दै आएको संयोजक मिश्रले बताए। शनिबार ट्वीट गर्दै महिलाको हकमा मात्रै ७ वर्षको व्यवस्था गर्न नहुने उल्लेख गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भने नेपाली पुरूषसँग विहे गरेर आएका विदेशी महिलालाई मात्रै ७ वर्ष पुगेपछि नागरिकता दिइने सम्बन्धी निर्णय गरेको छ।

हालै संसदमा नेपालको निशान छापमा रहेको नेपालको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रक्रियाको क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्तावविरुद्धै प्रस्ताव दर्ता गरेकी थिइन्।

त्यसपछि सत्तारूढ दल नेकपासहित अन्य दलहरू नागरिकतासम्बन्धी प्रावधानमा कठोर बनेका छन्।

प्रकाशित : ६ असार २०७७, शनिबार ००:००