काठमाडौं ६, असार। मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
मानब बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा एक जना भारतीय युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
७ वर्षीया बालिकालाई ललाइफकाइ बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा बारा जीतपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पशुपतिनगरबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीबिरुद्द मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ।
प्रतिक्रिया