![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/NCP-achham_dImZHSkkdC.jpg?resize=720%2C480)
असोज १२, २०७६ नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरकमिटिको सपथ ग्रहण कार्यक्रममा आज झडप भएको छ । एकता प्रक्रियामा नगरका पुराना नेताहरुलाई पार्टीको कुनै तहमा नसमेटिएको भन्दै केही नेता कार्यकर्ताले नगरका नेतृत्वविरुद्ध चर्को नाराबाजी गरेका हुन। कार्यकर्ताले उनीहरुमाथि कुर्सी प्रहार गरेका छन्। झडपका क्रममा ४ वटा कुर्सी भाँच्चिएको कपा स्रोतले जनाएको छ। स्रोतका अनुसार पार्टी नेता शेरबहादुर बुढा, जानकी रावल लगायतलाई पार्टीमा भूमिका नदिइएको भन्दै कार्यकर्ता झडपमा उत्रिएका थिए। त्यसपछि प्रहरीको सहयोगमा सपथ ग्रहण गराइएको छ। तर पञ्चदेवल विनायक नगरकमिटीले कार्यक्रममा सामान्य विवाद भएको जनाएको छ। नगर अध्यक्ष नितेश रिमालले कार्यक्रममा असन्तुष्ट नेता कार्यकर्ताले विवाद गरेको स्वीकारेका छन्। ुकेही साथीहरुले आसन्तुष्टि राखेका हुन् नेताहरुले हल गरिसके,’ उनले भने। कार्यक्रम बहिष्कार गरेका केही वडाअध्यक्ष र सचिबहरुले सपथ पनि लिएका छैनन्। नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष सचिव, वडा नम्बर २ का सचिव , वडा नम्बर ३ का सचिव, वडा नम्बर ४ का सचिवले सपथ नलिएर बहिस्कार गरेका छन्। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तारामान स्वाँर, जिल्ला ईन्चार्ज शरदसिंह भण्डारी, प्रदेश सदस्य नन्द बहादुर कडायत लगायतका नेता सहभागी थिए।
प्रतिक्रिया